कमलामाई नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कमलामाई नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने

    मा प्रकाशित

राधिका बुढाथोकी
मंसिर ६, सिन्धुली ।
कोभिड–१९ का कारण २०७६ चैतदेखि बन्द रहेका सिन्धुलीको कमलामाई नगरपालिका भित्रका सबै विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।कमलामाई नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकले स्वास्थ्य सुरक्षा तथा सरकारले तोकेका मापदण्डको पालना गर्दै विद्यालय खोल्ने निर्णय गरेको हो ।आइतबारदेखि नगरपालिकाभित्रका सबै नीजि तथा सामुदायिक विद्यालय, क्याम्पसहरुमा भौतिक उपस्थितिमा नै पठनपाठन हुने निणर्य गरिएको नगरपालिकाले जनाएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम शिक्षक, अविभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ, विद्यार्थी लगायत सरोकारवालाहरुको बैठक बसी स्वास्थ्यका मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको नगर शिक्षा अधिकारी शंकरराज लुईंटेलले बताउनुभयो ।उहाँका अनुसार विद्यालयले अनिवार्य रुपमा विद्यालय सञ्चालन मोडालिटी बनाई स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड अपनाई पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यवस्तु समायोजन ढाँचा २०७७ बमोजिम कार्ययोजना बनाउनु पर्ने छ ।जसमा बार्षिक कार्ययोजना र सबै शिक्षकहरुले संक्रमणकालिन बार्षिक शैक्षणिक योजना तयार गरि विद्यालय सञ्चालन तथा पठनपाठन गराउन पाउने भएका जनाइएको छ ।कमलामाई नगरपालिकाले सबै विद्यालयलाई विद्यालयले तयार गरेको विद्यालय सञ्चालन मोडालिटी क्लष्टर मार्फत एक हप्ताभित्र कमलामाई नगरपालिका सिन्धुलीको शिक्षा शाखामा बुझाउन निर्देशन दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्