पाँच दिन अघि मात्रै भारत बाट आएका थिए दुई सङ्क्रमित – Kanika Khabar
Friday, April 19Nepali News Portal

पाँच दिन अघि मात्रै भारत बाट आएका थिए दुई सङ्क्रमित

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, दाङ (गढवा) ।
दाङमा कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जना युवा पाँच दिनअघि भारतबाट आएको खुलेको छ । उनीहरू गोरखपुर र मुम्बईबाट कपिलवस्तुको कृष्णनगरमा आएर केही दिन त्यही नै बसेका थिए । त्यसपछि दाङका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सहयोगमा एम्बुलेन्सबाट दाङ लिएर क्वारेन्टाइनमा राखेको स्रोतले जनाएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कनिका खबरसँगको कुराकानीमा उनीहरूलाई कृष्णनगर नाकाबाट एम्बुलेन्समा ल्याएर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरका अनुसार एउटै एम्बुलेन्समा चार जनालाई दाङ ल्याइएको थियो । ती चार जनामध्ये दुई जनामा कोरोना पोजेटिभ देखियो भने बाँकी दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्