प्यूठानबाट बिरामी लगेर गएको भ्यान त्रिशुलीमा खस्यो, २ जनाको शब फेला १ अझै बेपत्ता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्यूठानबाट बिरामी लगेर गएको भ्यान त्रिशुलीमा खस्यो, २ जनाको शब फेला १ अझै बेपत्ता

    मा प्रकाशित

मंसिर ११ चितवन ।
प्यूठानबाट बिरामी लिएर काठमाडौँं जाँदै गरेको भ्यान त्रिशूली नदीमा खसेको छ । नदीमा खस्दा वपत्ता भएका ३ जना मध्ये २ जनाको शब फेला परेको छ । १ जना अझै वेपत्ता भएका छन् ।
नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सूर्य के.सी र ३३ वर्षीया जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट निकालिएको शसस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी मुराली बस्नेतले जानकारी दिए ।

१५ वर्षीया विरामी जिनिसा रोक्का भने अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको एसपी बस्नेतले बताए ।

प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना( ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा एक जना भने पौडिएर बाँच्न सफल भएका छन् । भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकलकलेजमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्