तिनाउ गाउँपालिका अध्यक्ष घर्तीले दिए सुटुक्क गोप्य अनुमती, मुहान प्रभावित जनताको मागलाई बेवास्ता गरी अनुमती दिएपछि झुम्सा खानेपानी आयोजनाको निर्माण कार्य  – Kanika Khabar
Saturday, April 27Nepali News Portal

तिनाउ गाउँपालिका अध्यक्ष घर्तीले दिए सुटुक्क गोप्य अनुमती, मुहान प्रभावित जनताको मागलाई बेवास्ता गरी अनुमती दिएपछि झुम्सा खानेपानी आयोजनाको निर्माण कार्य 

    मा प्रकाशित

नारायण वली
मंसिर ११, बुटवल ।

दुई दशकदेखि निर्माण कार्य पूरा हुन नसकेको झुम्सा खानेपानी आयोजना निर्माणको लागि ड्याम बिहीवार (आज) शिलान्यास गरिएको छ । ड्यामको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् । जुन ड्यामको शिलान्यास गर्दा त्यस क्षेत्रका मुहान प्रभावित क्षेत्रका स्थानीयहरुलाई कुनै सुईको दिइएन् । जसले गर्दा त्यहाँका स्थानीयहरुले असुन्तुष्टि व्यक्त गरेका छन् ।

रुपन्देहीको बुटवल उप–महानगरपालिको लागि अत्यन्तै महत्वको रुपमा रहेको सो झुम्सा खानेपानी आयोजना स्थानीयहरुको मागलाई पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम वहादुर घर्तीले रातारात कसैलाई पनि सुईको नदिई सहमति दिएपछि अलपत्र आयोजनाको ड्याम निर्माण गर्नका लागि शिलान्यास गरिएको हो । सो आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ रहेको बताइएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं.४ झुम्सामा पर्ने मुहानबाट बुटवलमा खानेपानी ल्याउनका लागि बिहीबार ड्यामको शिलान्यास गरिएकोमा त्यस क्षेत्रका मुहान प्रभावित जनताहरुले असहमति जनाएको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिएका छन् ।

गएराति गाउँपालिकाका अध्यक्ष घर्ती र प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको गोप्य सहमतिमा उक्त विवादित मुहानवाट बुटवलमा पानी ल्याउनका लागि निर्माण गरिने भौतिक संरचना वनाउनका लागि स्वीकृती दिएपछि शिलान्यास गरिएको गाउँपालिका प्रवक्ता श्रेष्ठको भनाई रहेको छ ।

गाउँपालिका अध्यक्ष घर्तीले पालिकाका अन्य जनप्रतिनिधि एंव मुहान प्रभावित नागरिकहरुलाई समेत कुनै जानकारी नदिएर आयोजनाका लागि मुहानबाट पानी लैजान रातारात स्वीकृत दिएपछि त्यहाँका स्थानीयहरु आक्रोशित भएका हुन् । साथै उनीहरुले, स्थानीयहरुको समस्यालाई लत्याएर रातारात स्वीकृती दिनुलाई प्रमुख प्रशासकीय अधिकृत समेतको संलग्नतामा कुनै व्यक्तिगत स्वार्थ लुकेको हुनुपर्ने आशंका जनाएका छन् ।

स्थानीयहरुले मुहान प्रभावित क्षेत्रका जनताहरुले त्यहाँको जलाधार क्षेत्र संरक्षण, सडक निर्माण र प्रभावितहरुलाई रोजगारी लगायतका विभिन्न मागहरु राख्दै आएकोमा गाउँपालिका अध्यक्षले आफू खुशी रातारात अध्यक्ष घर्ती र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले निर्णय लिएपछि स्थानीयले असन्तुष्टि पोखेका छन् ।

यता तिनाउ गाउँपालिकाका अध्यक्ष घर्तीले भने, कार्यालयमा हिजो मात्रै सहमति जनाउँन पत्र आएको वताउँदै, मुहान प्रभावित क्षेत्रको संरक्षण र स्थानीयहरुको मागलाई पत्रमा सम्वोधन गर्ने जनाइएपछि ड्याम बनाउन स्वीकृती दिएको बताएका छन् । उनले भने, प्रमुख प्रशासकीय अधिकृत र आफू दुई जनाले मात्रै निर्णय लिएको स्वीकार गर्दै आयोजना प्रभावित नहोस् भन्ने अभिप्रायले स्वीकृती दिएको बताए ।

प्रभावित क्षेत्रका स्थानीयहरुले प्रभावितहरुलाई रोजगार, जलाधार क्षेत्र संरक्षणको लागि वार्षिक रुपमा बजेटको व्यवस्था हुनुपर्ने र सो क्षेत्रमा सडक निर्माण लगायतका माग र सम्झौता विपरीत गाउँपालिका अध्यक्षले जनभावना विपरीत स्वीकृती दिदा स्थानीयहरुले विरोध जनाएको, प्रभावित वडाका अध्यक्ष दान बहादुर गाहाले बताएका छन् ।

बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टले मुहान क्षेत्रको संरक्षणको लागि बुटवल उप–महानगरपालिकाले २५ लाख रुपैयाँ र खानेपानी संस्थान बुटवलले वार्षिक १५ लाख रुपैयाँ विनियोजन गर्ने सहमति भएको जनाए । तर त्यस क्षेत्रका स्थानीयहरुले भने, वार्षिक ५० लाख रुपैयाँ संरक्षणका लागि बजेट विनियोजन गरिनु पर्ने माग गर्दै आएको बुझिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्