लिपु लेककाे चिन्ता घरघरमा, गीतबाटै पीडा पाेखे अधिकारीले (हेर्नुहाेस् भिडियो) – Kanika Khabar
Friday, April 26Nepali News Portal

लिपु लेककाे चिन्ता घरघरमा, गीतबाटै पीडा पाेखे अधिकारीले (हेर्नुहाेस् भिडियो)

    मा प्रकाशित

कनिका डेस्क

जेठ ३ दाङ ।

भारतले लिपु लेककाे भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने मार्गकाे उद्घाटन गरेपछि नेपालमा एक प्रकारकाे तरङ्ग अाएकाे छ । जनतामा आक्राेश र चिन्ता देखिएकाे छ भने राजनीतिक दल तथा सरकारले यसकाे कुटनीतिक पहलका माध्यमबाट समस्या समाधान गर्ने पहल गर्ने बताएका छन् ।

यद्यपि सदनमा केही संसदहरूले यसकाे चर्काे आवाजमा बिराेध जनाइरहेका छन् । नागरिकले यसकाे चर्काे विराेध गरिरहेका छन् । काेभिड १९ काे महामारीमा रहेकाे बेला भारतकाे यस्ताे कार्यकाे आलाेचना पनि भइरहेकाे छ । यसका बारेमा स्रष्टा, कलाकारहरूले पनि आआफ्नै लयमा बिराेध गर्दै आएका छन् ।

यसैबिचमा दाङ प्याब्सनका सदस्य तथा अमर इङलिस बाेर्डिङ स्कुल तुलसीपुरका प्रिन्सिपल टिम अधिकारीले राष्ट्रियताकाे पक्षमा गीत गाएर सामाजिक सञ्जालमा पाेस्टाएका छन् । `आमा तिम्राे छातीकाे पाटाे , छिमेकीले बनायाे मूलबाटाे….´ बाेलकाे गीत राष्ट्रियता झल्कने भावकाे ब्यानरका साथ गाएका छन् । उनलाई स्वरमा साथ दिएकी छन् सुमधुर स्वरकाे धनी भतिजी सिनम अधिकारीले । साथै उनलाई स्वरमा भतिजी सिम्रण, छाेरी लाेचना र छाेरा आइकनले साथ दिएका छन् । प्रस्तुत गीत हिजाे मात्रै नारायण रायमाझी र शान्तिश्री परियारकाे स्वरका बजारमा आमाएकाे हाे ।

(हेर्नुहाेस् भिडियो)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्