जनताले सरकार भएको अनुभूति गरेका छैनन् : देउवा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

जनताले सरकार भएको अनुभूति गरेका छैनन् : देउवा

    मा प्रकाशित

कनिका डेस्क
जेठ ४, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले सरकार भएको अनुभूतिगर्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथि छलफल बैठकमा बोल्दै नेता देउवाले त्यसो बताएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा थुप्रै त्रुटि भएको भन्दै देउवाले नीति तथा कार्यक्रमलाई कोरा कल्पनाको संज्ञा पनि दिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनता र राष्ट्रका समस्यालाई सम्बोधन गर्न नसकेको बताउँदै देउवाले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै भने, ‘‘ पहिलो सन्देश यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन । तेश्रो, सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यवाट बरालिएर बहुवर्षिय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ । यो सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले चुकेको छ ।’’

देउवाद्वारा २०७७ जेठ ४ गते संसदमा प्रस्तुत सम्बोधनको पूर्ण अंशः

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्