लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी – Kanika Khabar
Thursday, June 19Nepali News Portal

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी

    मा प्रकाशित

भारतले अतिक्रमण गरेको भूभाग समेटेर सरकारले लिम्पियाधुरासहित नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ ।

भूमि व्यवस्थामन्त्री पदमा अर्यालले सरकारको नीति तथा कार्यक्रममा समेत आइसकेको सो विषय मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् ।

नयाँ नक्साको अधिकांश काम तयारी अवस्थामै थियो । भारतसँग वार्ताबाट समाधान हुने अपेक्षामा हामिले नक्सा जारी नगरेका हौं । तर भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाललाई दबाब परेको भूमि व्यवस्थामन्त्री पदमा अर्यालले वताइन ।

सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई मन्त्री अर्यालले निर्देश गरेकी हुन् । विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।

नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ । सरकारले त्यसका प्राविधिक,कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय नक्सा सार्वजनिक गर्नुअघि गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

लिम्पियाधुरा नेपालको हाल प्रचलनमा रहेको नक्सामा छैन । अहिलेको सरकारले लामो समयदेखि सो भूभाग नरहेको त्यो सहित समेटेर नयाँ नक्सा जारी गर्ने अर्यालले बताईन ।

नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन । सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्ने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्