उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा – Kanika Khabar
Sunday, July 19Nepali News Portal

उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा

    मा प्रकाशित

मंसिर १७, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । परीक्षामा अनियमितता गरेको भन्दै नतिजा खारेज गर्ने त्रिवि सेवा आयोगको निर्णय विरुद्ध परीक्षार्थीहरू अदालत गएका हुन् ।
सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा २६ परीक्षार्थीले गत २६ कात्तिकले प्रकाशन गरेको नतिजा खारेज गर्न माग गरेका छन् । परीक्षार्थीले उत्तरपुस्तिकामै मोबाइल नम्बर, रोल नम्बर, नाम लेखेर परीक्षाको मर्यादा उल्लंघन गरेको भन्दै आयोगले २ सय ४० जनाको परीक्षा रद्द गरेको थियो ।चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, विज्ञान तथा प्रविधि, अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन सङ्कायतर्फका विभिन्न परीक्षार्थीको लिखित परीक्षालाई आयोगले अमान्य घोषणा गरेको थियो ।
विज्ञान तथा प्रविधि संस्थानतर्फ सबैभन्दा बढी ७७ जनाको परीक्षा रद्द भएको छ । २८ कात्तिक २०७६ देखि २ पुस २०७६ मा सम्पन्न विभिन्न संकायका उपप्राध्यापक पदको परीक्षा र उत्तरपुस्तिका रद्द गरेको हो ।आफ्नो माग पूरा गर्न पटक पटक आग्रह गर्दा पनि आयोगले सुनुवाइ नगरेको भन्दै उनीहरू अदालत गएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्