ट्राफिकलाई हेलमेट प्रदान – Kanika Khabar
Monday, July 27Nepali News Portal

ट्राफिकलाई हेलमेट प्रदान

    मा प्रकाशित

मंसिर १९, नुवाकोट ।
नुवाकोटमा ट्राफिक प्रहरीलाई हेल्मेट प्रदान गरिएको छ । कार्य सम्पादनमा सहयोग पु¥याउने उद्देश्यले ट्राफिक प्रहरीलाई हेलमेट प्रदान गरेको एक संस्थाले जनाएको छ । विदुर नगरपालिका २ वट्टारवजारमा रहेको त्रिशूली अटो प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई हेलमेट वितरण गरेको हो ।बट्टारमा आयोजना गरिएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टलाई नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की र त्रिशूली अटो प्रालिका सञ्चालक विवेक थापाले हेलमेट प्रदान गर्नुभएको हो । ट्राफिक प्रहरीलाई आफूहरुको सामाजिक उत्तरदायित्व अन्र्तगत १० थान हेलमेट वितरण गरेको त्रिशूली अटो प्रालीका सञ्चालक थापाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्