कविता : रातो गुलाफ – Kanika Khabar
Friday, March 13Nepali News Portal

कविता : रातो गुलाफ

    मा प्रकाशित

ए रातो गुलाफ
तिम्रा रंगहरुका पङ्ख फिँजाएर
मतिर हेरी मुसुक्क नहाँस
तिम्रो सुगन्ध फैलाएर
मलाई आकर्षित गर्ने कुचेष्टा नगर
मलाई थाहा छ
मलाई तिम्रो रुपमा बहकाएर
मेरो पिठ्यूँ पछाडि
तिम्रा धारिला पत्रहरुको छुरा रोप्छौ
मेरै रगतले रंगिएर
आफ्नो सुन्दरता निखार्छौ
अनि फेरि शुरु गर्छौ
तिम्रो निरंकुशताको अर्को अध्याय
बरु तिमी ओइलिएर जाऊ
अनि काँडाहरुलाई फक्रिन देऊ
ए रातो गुलाफ
तिमी तिम्रो गद्दीबाट हटिजाऊ
अनि तिमी कुहिएर भुईँमा झरिजाऊ
बरु काँडाहरुलाई सिंहासन देऊ
तिमी लाई थाहा छ नि
परिधिहिन केन्द्रविन्दुको
यहाँ कुनै अस्तित्व हुँदैन
अब त परिवर्तन अवश्यम्भावी भैसक्यो
तिम्रा दिनहरु गईसके
तिम्रो आभा पनि हराईसक्यो
अनि मलाई यो पनि थाहा छ
सुन्दरता हेर्नको लागि होईन
छुनको लागि हो

******

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्