गजल : अभि समर्पण – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

गजल : अभि समर्पण

    मा प्रकाशित

एउटाको सिन्दुर मिल्यो अर्काको भर मिल्यो
कसरी भनौं सम्बन्ध र सिन्दुरको स्तर मिल्यो

स्वयं हिरा हुँ सुनको लोभ के देखाउँछौ मित्र
मैले कुल्चेको रहर संग त तिम्रो रहर मिल्यो

मान्छे बनुन्जेल ऊ शान्तसंग निदाउन पाएन
मुर्दा बन्यो समसान घाटमा शान्त घर मिल्यो

ए जाने मान्छे यो मुटु चुडेर लग्यौ ठिकै गर्‍यौ
तिम्रो चिज तिमिलाइ सुम्पिने अवसर मिल्यो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्