मंसिर २०, दाङ ।
दाङमा स्पकारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
शनिवार बेलुका पौने ५ बजेतिर घोराही तर्फ आउँदै गरेको प्रदेश ३ – ०१–०२२– च ६३६९ नम्वरको स्कार्पियो अनियन्त्रित भइ घोराही उपमहानगरपालिका वडा नं. १७ सिस्ने खोलामा पल्टिदा घोराही १७ का ३५ बर्षीय विजय अधिकारीको मृत्यु भएको छ ।
गम्भीर घाईते उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए ।दूर्घटनामा परि घोराही १७ कै ३६ बर्षीय उमाकान्त घिमेर र घोराही १५ का ३६ बर्षीय शमिर पन्त घाइते भएका छन् ।
दुबै घाईतेलाई घोराहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको डिएसपी खड्काले बताए ।
घाइते मध्य घिमिरेलाई गुप्ताङ्गमा र पन्तलाई टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।