आजदेखि सिनेमा हल सञ्चालमा – Kanika Khabar
Monday, May 6Nepali News Portal

आजदेखि सिनेमा हल सञ्चालमा

    मा प्रकाशित

कनिका खबर
पुस १०, दाङ ।
आजदेखि देशभरका सिनेमा हल सञ्चालन हुने भएका छन् । गत वर्षको चैत दोस्रो सातादेखि सिनेमा हल बन्द रहेका थिए ।

हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि सिनेमा खुला गर्ने भएका हुन् ।

चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिएका थिए ।

नेपाल चलचित्र संघले सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।

तर सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्न लागेका हुन् ।

हल सञ्चालन हुने भएपछि बिहीबार सरसफाइ गरिएको छ । आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी छ।

नेपाल चलचित्र संघका अनुसार देशभरमा दुई सय सिनेमा हल बन्द हुँदा यसमा आश्रित ३० हजार परिवारको गुजरामा संकट निम्तिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्