संसद विघठन विरुद्ध प्रचण्ड–नेपाल समूहको आन्दोलन, आजः साढे ९ बजे माइतीघरमा भेला हुने – Kanika Khabar
Monday, May 6Nepali News Portal

संसद विघठन विरुद्ध प्रचण्ड–नेपाल समूहको आन्दोलन, आजः साढे ९ बजे माइतीघरमा भेला हुने

    मा प्रकाशित

पुस १०, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौं उपत्यकामा वृहत्त प्रदर्शन गर्ने भएको छ । हिजो बिहीबार सकिएको केन्द्रीय कमिटीको निर्णयअनुसार आज शुक्रबार बिहान साढे ९ बजे सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यलगायत माइतीघर मण्डलामा भेला हुनेछन् । त्यसपछि मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूपक्षीय धेरैभन्दा धेरै कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुनसमेत आग्रह गरेका छन् ।
पार्टीबाट घोषित कार्यक्रमअनुसार आजै २ बजे अध्यक्षहरुका तर्फबाट पत्रकार सम्मेलन गरिनेछ । प्रचण्ड–नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्