आज क्रिसमस – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

आज क्रिसमस

    मा प्रकाशित

पुस १०, काठमाडौँ ।
इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस आज नेपालसहित विश्वभर मनाइँदैछ । कोरोना महामारीका कारण यसवर्ष अन्य वर्षहरुको तुलनामा क्रिसमस सामान्य रुपले मनाउन लागिएको हो ।

प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउने गर्छन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउने गरेका छन् ।

आजभन्दा २ हजार २० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको इतिहास छ । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्