राजश्व छलीका तीन घटनामा २० करोड विगो माग दावी गर्दै मुद्दा दर्ता – Kanika Khabar
Monday, May 6Nepali News Portal

राजश्व छलीका तीन घटनामा २० करोड विगो माग दावी गर्दै मुद्दा दर्ता

    मा प्रकाशित

पुस १०, काठमाडौँ ।
राजश्व छलीका तीन घटनामा २० करोड रुपैयाँ विगो माग दावी गर्दै राजस्व अनुसन्धान विभागले विभिन्न फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।विभागका अनुसार१९ करोड ९६ लाख रुपैयाँ विगो असुल, जरिवाना र कैद सजायसमेत माग गरी उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा एउटा मुद्दा दर्ता भएको छ । विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख, धनुषा स्थायी घर भई ललितपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सञ्चालक सितादेवी जैसवालबाट ५ करोड ५५ लाख, काँडाघारस्थित श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्