काँग्रेसले प्रतिनिधि सभा विघटनविरूद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

काँग्रेसले प्रतिनिधि सभा विघटनविरूद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

    मा प्रकाशित

पुस ९, काठमाडौँ ।
नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरूद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको कदमविरूद्ध सडकमा जाने निर्णय भएको हो । संसद विघटनविरुद्ध कांग्रेसले आगामी सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि यसविरूद्ध विरोध प्रदर्शन गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि काँग्रेसमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै तत्काल आन्दोलनमा जाने कि अदालतको फैसला कुर्ने भन्नेमा फरकफरक मत थियो । सभापति शेरबहादुर निकट नेताहरु विघटनसम्बन्धी मुद्दा अदालतमा सुनुवाइ भइरहेकाले तत्काल आन्दोलनमा जान हतार नगर्ने पक्षमा छन् भने पौडेल समूह तत्काल सडक संघर्षमा जानुपर्ने पक्षमा थियो ।

प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्ष पनि केन्द्रीय कार्यसमितिले निकालेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्