थप ६ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Monday, May 6Nepali News Portal

थप ६ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

पुस ९, दाङ ।
पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमा २ सय ३३ महिला र ३ सय ८० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

२४ घण्टामा ७ सय ३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ । देशभरिमा सक्रिय सङ्क्रमितको संख्या हालसम्म ७ हजार ३ सय ८४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षण गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ५ सय १० पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या भने ४ सय रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्