दोस्रो दाङ महफिलको तयारी पूरा – Kanika Khabar
Saturday, May 11Nepali News Portal

दोस्रो दाङ महफिलको तयारी पूरा

    मा प्रकाशित

दाङ । दाङको घोराहीस्थित नेपाल पत्रकार महासंघको हलमा हुने दोस्रो दाङ महफिलको तयारी पूरा भएको छ । कार्यक्रम पौष १८ गते (शनिबार) बिहान ११ बजे देखि शुरु हुने छ । कार्यक्रम संयोजक प्रवल विष्टका अनुसार महफिलका आवश्यक हल, ब्यानर, अतिथिहरुलाई खबर, गजलकारहरुको तयारी लगायत काम पूरा भइसकेको छ । उहाँले भन्नु भयो ‘सबै तयारी पूरा भएको छ, अब गजल वाचन र गजल गायन मार्फत महफिल भव्य हुन बाँकी छ, पोहोरको (पहिलो) महफिल जस्तै भव्य बनाउने छौँ , सबैलाई निमन्त्रणा गरेकाछौँ ।’

शनिवार हुने महफिलमा दंगाली गजलकार प्रतिक संग्रामी, बर्दियाका दमदार गजलकार हरि प्रकाश भण्डारी, दाङकी चर्चित गजलकार पुनम थापा तथा पछिल्लो समय अनलाईन गजल वाचन मार्फत मन पराईएकी सल्यानकी गजलकार सृजना देवकोटाका गजल वाचन हुने छन् । त्यस्तै दंगाली गायकहरु गोविन्द मधुर आचार्य र प्रकाश रेग्मीका गजल गायन सुन्न सकिने छ ।

पहिलो गजल महफिलमा नेपालका चर्चित गजलकार तथा गीतकार नारायण नेपाल, चर्चित गजलकार ऋषि शर्मा सुदामाझ, गजलकर वसन्त ओली वसन्ती, गजलकार हिमाल भुषाल प्रकृति, गजलकार कपिल मणि र लोक प्रिय कीर्तिमानी संगीतकार, गजलकार एवम् गायक सन्तोष श्रेष्ठले आफ्नो प्रस्तुति देखाउनु भएको थियो । तर त्यस पछि भने कोरोना भाइरस संक्रमणका कारण गजल अभियानलाई निरन्तरता दिन सकेको थिएन ।

अहिले केही सहज परिस्थिति भएको कारण दोस्रो दाङ महफिल सञ्चालनमा आएको बताइएको छ । नेपाली गजलको छाती चौडा र शिर उँचो गर्न र अग्रजलाई सम्मानका साथै अनुजलाई प्रोत्साहन गर्ने उद्देश्यल गजल अभियानको रहेको छ । दाङका सक्रिय गजल साधकहरुबाट ‘गजल अभियान दाङ’को स्थापना २०७२ सालमा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्