ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण । – Kanika Khabar
Sunday, April 20Nepali News Portal

ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण ।

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

काठमाडौँको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौँका ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको पाइएको छ । उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले बताएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली अस्पतालमा खटिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्