विषादी अनुदानको नाममा किसान लुट्ने काम – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विषादी अनुदानको नाममा किसान लुट्ने काम

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, रामेछाप ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि सबै वडाहरुमा पानीमा घोलेर छर्कने विषादी पठायो । फौजी किराले नगरपालिकाका विभिन्न वडाहरुमा किसानहरुले खेतबारीमा लगाएको मकै बाली सखाप पार्न थालेपछि नगरपालिकाले अनुदानमा विषादी वितरण गर्ने निर्णय गर्यो । कृषि शाखामार्फत विषादी खरिद गरी ९ वटै वडामा पठाईयो । फौजी किराको प्रकोपले वाक्क दिक्क भएका किसानहरु नगरपालिका र वडा कार्यलयमार्फत अनुदानमा विषादी पाउने भएपछि खुसी भए । फौजी किराको प्रकोप भएका वडाका किसानहरु किंगस्टार नामक विषादी वडा कार्यलय मार्फत खरिद गरे ।

नगरपालिकाको कृषि शाखा मार्फत खरिद गरी प्रत्येक वडा वडामा पठाइएको किंगस्टार नामक विषादीमा घोटाला भएको पाईएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उक्त विषादी उपलब्ध गराएको भने पनि अनुदानको नाममा किसानहरुमाथि नै ठगिधन्दा गरेको पाइएको हो । रामेछापका स्थानिय एग्रोभेटहरुमा ३० देखि ३५ रुपैयाँमा किन्न सकिने ५ ग्रामको किंगस्टार नामक विषादी किसानहरुले नगरपालिकाको ५० प्रतिशत अनुदानमार्फत वडा कार्यालयमा गएर किन्दा समेत ३० रुपैयाँ तिर्न बाध्य भएका हुन् । नगरपालिकाले अनुदानमा वडा कार्यालयमार्फत विषादी वितरण गर्दै छ रे भन्ने खबर सुनेर रामेछाप नगरपालिका वडा नम्बर ७ का स्थानिय कृषक ईन्द्र तामाङ वडा कार्यालयमा विषादी लिन जानुभयो । उहाँले ५ ग्रामको ५ प्योकेट किंगस्टार नामक विषादी प्रति प्याकेट ३० रुपैयाँका दरले किनेर लैजानुभयो तर त्यहि विषादी रामेछापका एग्रोभेटहरुमा ३० देखि ३५ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

एउटै कम्पनीको उहि विषादी श्रेष्ठ एग्रोभेटमा फोन गरेर सोध्दा ३० देखि ३५ रुपैयाँमा खरिद विक्रि भईरहेको श्रेष्ठ एग्रोभेटका सन्चालक भिम श्रेष्ठले बताउनुभयो । रामेछाप नगरपालिका वडा नम्बर ७ ले पनि नगरपालिकाले पठाएको विषादी प्रत्येक किसानहरुलाई ५ प्याकेटको दरले प्रतिप्याकेट ३० रुपैयाँ लिएर वितरण गर्यो । विषादीको प्याकेटमा प्रयोग गर्ने तरिका उल्लेख गरेको भएपनि कति मुल्य र कहिलेसम्म प्रयोग गर्न सकिन्छ भन्ने मिती उल्लेख गरिएको छैन । यसले गर्दा पनि नगरपालिकाले वितरण गरेको विषादीमा विभिन्न शंका र उपशंका उब्जिएको वडा नम्बर ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्