सहिदलाई सम्झिँदा – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सहिदलाई सम्झिँदा

    मा प्रकाशित

नेपालको इतिहासमा सहिदहरुको कमी छैन।साँच्चै भन्ने हो भने सहिदको लेखजोख पनि छैन भने पनि फरक नपर्ला ।
जो देश र जनताको लागि लडेर वीर गति पाए उनीहरुको कुनै कतै लेखो जोखो पाईँदैन । तर पनि पञ्चायती कालदेखि देशमा सहिद दिवस मनाउँदै आएको इतिहास छ ।
माग१६लाई नेपालमा सहिद दिवसका रूपमा मनाउने परम्परानै छ।
भन्निन्छ पहिलो सहिद लखन थापा हुन। बि.सं.१९३२मा त्यो बेला गोर्खाका थापाहरु लखन थापालाई एउटा सिद्ध पुरुषको रुपमा ठान्दथे।यस्तैमा बि।सं।१९३२मा गोर्खामा एउटा भुतपुर्व सैनिक लखन थापाले आफू सिद्ध पुरुष लखन थापाको औतार भएको र गोरखकाली भगवतीले जंगबहादुरको नाश गराउन वरदान दिएको भन्दै केही समर्थकहरुलाई लिएर बिद्रोह गर्न थाले। जंगबहादुरले लखन थापा र उनका समर्थकहरुलाई समातेर मृत्यु दण्ड दिए। उनलाई कसरी मारियो त्यो भने फरक फरक भेट्टिन्छ त्यसको मिति पनि प्रष्ट बुझिएन।
खलङ्गाको नाला पनीको युद्धमा पनि महिला बाल बालिका लगायत ५३०जना मारिएका छन।
बिंं.१८७१मा नेपाल र अंग्रेज बिचको युद्धमा पश्चिम खलङ्गाको नालापानी युद्धमा नेपालका वीर सैनिक बलभद्र कुँवरले किल्लाको रक्षा गरिरहेका थिए।त्यहाँको लडाईमा अंग्रेजी सेनाका सेनापति जनरल जिलेप्सी समेत मारिएका थिए।अंग्रेज तर्फको अत्याधुनिक सेनाको सामना वीर बलभद्रले महिला केटा केटी सहित६००जनाको सेनाले गरिरहेका थिए। किल्लामा रहेका नेपाली सेनालाई अंग्रेज सेनाले युद्धबाट जित्न नसकेपछि पानीको मुहान समेत थुनेर चरम यातना दिएको थियो।त्यसपछि बचेका कुल ७०जनालाई नाङ्गो खुकुरी सहित किल्ला बाहिर आएर किल्ला खाली गरिदिएका थिए। जब अंग्रेजहरु किल्लामा पसेका थिए त्यहाँको अबस्था देखेर हैरान भए। त्यँहा लास बाहेक केही थिएन।उनीहरु जोसँग आधुनिक हथियारको प्रयोग गरेर लडेका थिए उनीहरुसँग मात्र हसिँया, खुकुरी मात्र थियो।नेपालीको त्यो वीरता देखेर अंग्रेजहरुले त्यहाँ एउटाूहाम्रा वीर शत्रु वीर बलभद्र र उन्का वीर गोर्खा साथीहरुको स्मृतिमा सम्मानोपहारू लेखेको एउटा स्मार्क बनाएका थिए।यस्तै गरेर नेपालको एकीकरणमा पनि वीर गति पाउनेहरुको कमि छैन।काजी कालु पाण्डे,काजी तुलाराम पाण्डे,काजी नयनसिहँ थापा,सरदार भक्ति थापा,सेनापति शिबराम सिहँ थापा,वीर अम्मर सिहँ थापा,जयकृष्ण कुँवर,परशुराम थापा,सरदार गन्धर्व राणा,भाष्कर राणा,चौतारीया हश्तिदल शाह,केहर सिहँ बस्नेत,लगायतका कयौँ नेपालको एकीकरणमा सहिद भएका छन।तर पनि अहिलेसम्मको भनाईनुसार राजनीतिक कारणले लखन थापालाई पहिलो सहिद भनिन्छ।
त्यस्तै बि.सं.१९९७मा माघको नौ गते शुक्रराज शास्त्रीलाई टेकुमा झुण्डाएर मारिएको थियो।माघको ११गते धर्मभक्त माथेमालाई सिफलमा झुण्डाएर मारियो। माघ१४गते दशरथ चन्द र गंगालाल लाई बिष्णुमतीमा गोली हानेर मारियो।शुक्रराज शास्त्रीको शरीरमा सरकारको बिरुद्ध आवाज उठाउँनेहरुको यस्तै हालत हुन्छ भन्ने लेखेर एक दिन त्यस्तै राखियो।जनतामा डर पैदा गरेर सत्ता मा बनिरहन राणाहरुले यस्तो गरेका थिए।तर पनि बिद्रोहको ज्वाला बुझेन र देशमा सात सालको त्यो घटनालाई कसैले रोक्न सकिन।
अब सहिद कस्लाई भन्ने यहाँ त कयौँले जिउँदालाई पनि सहिद भन्छन जस्तो टंकप्रसाद आचार्यलाई कयौँले जिउँदा सहिद पनि भन्छन।तर जो देश र जनताको लागि मरेर गयो उसको नामो निशान नै छैन।पञ्चायती तानाशाहीको बिरुद्धमा पनि कयौ लडेर मरेका छन्। पछि प्रतिगमनको बिरुद्धमा पनि कयौँ मरेकाछन माओवादी आन्दोलनमा दोहोरो भिडन्तमा परेर पनि १७हजार मरेका छन्।सहिदको ता देशमा खेति नै भएको छ तर वास्तवमा यो छलफल गरेर टुङ्गो लगाउनै पर्ने हो सहिद कसलाई भन्नेहरुबारे छिनो फानो गर्नै पर्छ।
देशभित्र सहिद कस्लाई भन्ने कम्तिमा सहिदहरुको त खोज बिन हुनु पर्ने हो।तर वर्तमान सरकारलाई आफ्नै खिचलो छ।विगतका सरकारलाई उनकै खिचलो थियो।
यो माघको महिनमा त सहिदहरुको सम्मानमा केही राम्रो काम गरौँ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्