राष्ट्रिय महिला लिग फुटबलमा आर्मीको दोस्रो जित – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबलमा आर्मीको दोस्रो जित

    मा प्रकाशित

माघ १६, दाङ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज रौतहटको चन्द्रपुर नगरपालिकालाई १० – ० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४ गोल गर्नुभयो । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गर्नुभयो । जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंकजोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्