निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदुरको मृत्यु – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदुरको मृत्यु

    मा प्रकाशित

माघ १७, काठमाडौँ ।
निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्