बैतडी घटना : बलात्कारपछि हत्या भएको प्रहरीको पुष्टि – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

बैतडी घटना : बलात्कारपछि हत्या भएको प्रहरीको पुष्टि

    मा प्रकाशित

माघ २६, बैतडी ।
बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षका भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् । रिपोर्टमा प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको र घाँटीमा पनि निलडाम रहेको उल्लेख गरिएको छ । यस्तै उनको यौनांगमा पनि घाउ रहेको पाइएको प्रहरीले बताएको छ ।

शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गर्नुभएको छ ।सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए ।

भट्टको विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल पनि भेटिएको थियो ।

प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंहले संवेदनशील भएर यो घटनाको अनुसन्धान भइरहेको भन्दै नतिजा चाँडै सार्वजनिक गरिने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्