राष्ट्रिय महिला लिग फुटबल खेलमा एपीएफको जित – Kanika Khabar
Friday, October 16Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबल खेलमा एपीएफको जित

    मा प्रकाशित

माघ २६, काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबल अन्र्तगत आज भएको खेलमा एपीएफक्लबले जितेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले आज उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४ – ० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ८ गोल गर्नुभयो । यस्तै अनिता बस्नेत र अनिता केसीले समान २ / २ गोल गर्नुभयो ।

कप्तान अनु लामा र रबिना गोलेले नाममा एक÷ एक गोल रह्यो । प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले दुबै हाफमा समान ७ ÷ ७ गोल ग¥यो । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्