रुकुम घटनाको छानबिन गर : मानव अधिकार – Kanika Khabar
Monday, April 13Nepali News Portal

रुकुम घटनाको छानबिन गर : मानव अधिकार

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १३, दाङ ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

हिजो सोमबार बसेको समितिको बैठकले जातिय विभेद हुनेगरी जनप्रतिनिधि नै संलग्न भएर युवाहरुलाई लखेटी भेरी नदीमा हाम फाल्न बाध्य पारेको घटना गम्भीर भएको भन्दै तुरुन्त छानबिन गर्न समितिले आग्रह गरेको हो ।

यस्तै समिति बैठकले सामाजिक सुरक्षाभत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले असहाय, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन गर्ने विधेयक चालु अधवेशनमा पेस गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्