मा प्रकाशित
कनिका संवाददाता
जेठ १३, दाङ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोगमा अस्थायी रुपले प्रतिबन्ध लगाएको छ ।
कोरोनासँग लड्न हाइड्रोक्सिक्लोरोक्विन औषधि दिनु खतरनाक रहेको भन्दै संगठनले कोरोनाका बिरामीलाई यो औषधि नदिन भन्दै अस्थायी प्रतिबन्ध लगाएको हो । विश्व स्वास्थ्य संगठनको सोलिड्यारिटी ट्रायलको बैठकले हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धीत विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय समेत गरेको छ