कोरोना : रुघाखोकी कि महामारी ? – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोना : रुघाखोकी कि महामारी ?

    मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले घोषणा गरिसकेको छ ः कोरोना भाइरस महामारी हो । स्वास्थ्य संगठनले गरेको घोषणालाई मात्रै होइन, विश्वव्यापी रुपमा यसले लिएको बिकराल रुपले पनि पुष्टि गरिसकेको छ कि, कोरोना त्यही महामारी नै हो, जुन विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ । विश्वलाई आक्रान्त पारिरहेको कोरोना के हो ? यसको बारेमा विश्वले अध्ययन गरिरहेको छ । त्यही अध्ययनले भन्छ ‘मानिसको रौैँ भन्दा ९ सय गुणा सानो छ कोरोना ।’ यही सानो तर विश्वलाई आतङ्कित बनाएको भाइरस आफ्नो आक्रमणको रफ्तारमा छ । न कसैले रोक्नै सकेको छ , नत छेक्न नै ।
चीनको वुहानमा जन्मिएर न्वारान भएको ‘कोरोना’ वुहान मात्रै हैन, सिंगो चीनमा मात्रै पनि सीमित रहन सकेन । चीनमा जन्मिएको कोरोना विश्वको शक्ति राष्ट्र अमेरिकालाई समेत आतङ्कित बनाउन गईपुग्यो ।
विश्व स्वास्थ्य संगठनले भने अनुसार यसको लक्षण रुघा खोकी जस्तै र स्वास प्रश्वासमा समस्या हुनु हो । विश्वब्यापी रुपमा केही समय यता महामारी बनिरहेको यो भाइरस आफ्नै रफ्तारमा फैलिईरहेको छ, तर यसलाई ‘मै हुँ’ भन्ने राष्ट्रहरुले समेत रोक्ने सामथ्र्य अहिलेसम्म देखाउन सकेका छैनन् । भलै अमेरिका, चीन लगायतका राष्ट्रहरुले कोरोना विरुद्धको भ्याक्सिनका केही चरणका परीक्षण सफल भएको दाबी गरिरहेका छन् । यससँग सम्वन्धित केही अध्ययनले यो पनि भनेका छन् ‘कोरोना एक व्यक्तिबाट तीनदेखि पाँच जनासम्ममा सर्न सक्छ ।’ अतः यो महामारीको संक्रमणको जोखिम टार्न अहिले नेपाल मात्रै हैन, सिङ्गो विश्वले अनेकन सावधानी अपनाईरहेको छ ।
यहाँनेर एउटा तार्किक र निकै गम्भीर विषयको बहस सुरु भएको छ । कोरोनाको उत्पत्ति भएको वुहान अहिले सुरक्षित बन्दै गईरहेको छ । आफू जन्मिएको स्थानबाट कोरोना कसरी ? के कति कारणले पलायन बन्दै गयो ? यो निकै सोचनीय विषय हो । या त सावधानी ? या त कोरोनाबाट कसरी लड्ने भन्ने चीन सरकारले वुहानलाई गतिलो पाठ सिकाएको हुनुपर्छ । आफ्नो जन्मथलो चीनमा लोप बन्दै गएको कोरोनाले ७० भन्दा बढी देशमा आफ्नो प्रभाव जमाईरहेको छ , यानेकि यि देशहरुलाई आतंकित बनाईरहेको छ । कोरोनाको यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । ७ सयको हाराहारीमा रहेका नेपालीहरुलाई आक्रमण गर्न भ्याएको कोरोनाले यीमध्येका ४ जनाको प्राणै खोस्न भ्यायो ।
चार जनाको ज्यान लिएको कोरोना महामारी त हो नै । तर यो कस्तो रोग हो ? आम नेपालीमा अहिले कोरोना बारेको अनभिज्ञ नैै छन् । के कोरोना खोक्दा, हाच्छ्युँ गर्दा वा छोईँदैमा सर्ने भाईरस हो ?
कसरी सर्छ कोरोना ? कोरोना ‘मृत्यु नै हो’ भन्ने मानसिकता बोकेका म अनि हामीहरु यो प्रश्नको अन्यौलताबाट प्रष्ट हुन पाए कोरोना संक्रमण हुन नदिनका लागि झनै चनाखो र सचेत पक्कै बन्थ्यौँ । यदि कोरोना खोक्दा, हात मिलाउँदा, छोईँदा सर्छ भने ९ दिनको सुत्ेकरी आमा , (जसको कोरोनाकै कारण मृत्यु भयो ।) उनको ९ दिने बच्चामा किन कोरोना संक्रमण नदेखिएको होला ? के उनले आफ्नो सन्तानलाई सामाजिक दुरी कायम गरिन् यानेकि नछोएरै माया गरिन होला ? प्रसव पीडामा रहेकी ती महिलाले कोरोना संक्रमण हुँदा आफ्नो सन्तानलाई गरेको अगाध प्रेम अझ भनौ लाड प्यार गर्दासम्म कोरोना छेक्ने जादु वा अचुक ओखती अरु केही थियो त ? यो निकै सोचनीय विषय हो । त्यो अवोध बच्चाको कुरा पनि छोडौँ । ती संक्रमित महिलाको परिवारका अन्य तीन जना सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएन । के ती महिला आफ्नो श्रीमान अनि परिवारका अन्य सदस्यसँग नछोईएकै हुन त ?
अनि अर्को उदाहरण खोज्न सुदुर पश्चिम पुगौँ । भारत पुगेका एकजना नेपाली आए । उनी सिधै आफ्नो घरमा पुगे । घरमा पुगेका उनी परिवारका सबै सदस्यहरुसंग नजिक रहे अर्थात् बसे होलान् । स्वाब परीक्षणका क्रममा उनी कोरोना संmक्रमित पुष्टि भए । अब चिन्ता रह्यो उनको परिवारको । परिवारका सदस्य जहाँ उनीसँगै रहे, बसे । उनीहरु कसैमा पनि यसको संक्रमण पुष्टि भएन । तर उनकी भाउजूमा मात्रै यो संक्रमण देखियो । आफ्नो परिवारका अन्य सदस्यसँग पनि त उनी छोईएरै बसे होलान । अन्यमा किन देखिएन त ? कोरोना ? उनकी भाउजूमा मात्रै देखिनुलाई के कोरोनाको बारे गरिएका अड्कलबाजीको सही अर्थ बुझ्न सकिन्छ ?
सुदुरको यो घटनालाई हरेक कोणबाट हेरौँ । संक्रमित भएका ती व्यक्तिको परिवारका अन्य सदस्यमा रोग प्रतिरोधात्मक क्षमता धेरै भयो । उनकी भाउजूमा मात्रै कमजोर भएका कारण भाउजूलाई कोरोनाले आक्रमण गर्यो , ल मानौँ । तर सुदुरको यो घटनालाई सिन्धुपोल्चोककी सुत्केरी महिला मृत्युको घटनालाई जुधाएर हेरौँ त । कोरोनाका कारण मृत्यु भएकी ती सुत्केरीको ९ दिने बच्चामा के त्यति धेरै रोग प्रतिरोधात्मक क्षमता थियो होला ? कोरोनाले आक्रमण गर्ने हिम्मतै गरेन ?
कोरोना आक्रमणको विकराल वर्तमानलाई हेर्ने हो भने कोरोनाको त्रासदी बढ्दै गईरहेको छ । कोरोनको एकतर्फी त्रास बढिरहेका बेला यसको त्रासदी कम गर्नका लागि अहिले यसलाई सामान्य अर्थमा बुझाउन खोजिएको पनि छ । अहिले भन्न थासिसकियो कोरोना सामान्य रुघा खोकी नै हो । अनि त्रास बोल्छ ‘यो त ज्यानमारा नै हो ।’ यही अन्यौतलताले त प्रश्न जन्माईदिन्छ कोरोना महामारी कि रुघाखोकी ?
तर, सिन्धुपाल्चोक र सुदुरमा कोरोनाले गरेको आक्रमणका यी दुई घटनालाई हेर्ने हो भने आम रुपमा प्रश्न स्वाभाविकै रुपमा उब्जन्छ के हो त कोरोना ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्