मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशद्वारा पाल्पाकाे एक विद्यालयमा शैक्षिक सामग्री वितरण लाख बराबरकाे अक्षयकाेष स्थापना – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशद्वारा पाल्पाकाे एक विद्यालयमा शैक्षिक सामग्री वितरण लाख बराबरकाे अक्षयकाेष स्थापना

    मा प्रकाशित

शिवु खनाल
दाङ, १६ फागुन ।


मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशका तीन जिल्ला कपिलवस्तु ,रुपन्देही र पाल्पाकाे संयुक्त आयोजनामा रैनादेवि छहरा गाँउपालिका वडा नं. ७ बल्ढेङ्गगढिमा रहेकाे श्री गहते माध्यमिक बिद्यालयमा बाल यौन हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा ब्याग, स्टेसनरी र शाैक्षिक समाग्री बितरण कार्यक्रम गरेकाे छ ।

बिद्यार्थीहरुलाई ज्ञानकाे भण्डारकाे रुपमा शिक्षामा प्रेरित गर्ने उद्धेश्यले शनिबार एक कार्यक्रमका बिच साेहि कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर अर्थविद् डा.चिरन्जीवी नेपालले १४० जना बिद्यार्थीहरुका लागी आवश्यक कपि, कलम , मास्क र १४० थान व्याग लगायतका सामग्री बिद्यालयका प्रधानाध्यापक भोज प्रसाद खड्कालाई प्रदान गर्नु भएकाे थियाे ।

कार्यक्रममा त्रिभुवन बिश्वबिध्यालयकाे प्रध्यापक सुमन नेपाल र मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय सल्लाहकार सुर्यहरी मराठ्ठा लगाायतकाे उपस्थिति रहेकाे थियाे । अर्थविद नेपालले कार्यक्रमकाे उद्घघाटन गर्दै मेचीमहाकाली बुहारी संयुक्त आवाजले अहिले देशव्यापि रुपमा आवाज बिहिनहरुकाे आवाजलाइ बुलन्द पार्दै अन्यायका बिरुद्ध न्यायका लागि देशका कुना कन्दरा बाट गरेकाे याे काम अति उल्लेखनिय रहेकाे बताउनु भयाे । तर पछिल्लाे समय विभिन्न सामाजिक संजाल प्रयाेगकर्ता हरुले समाजिक संजालकाे दुरपयाेग गरि देखासिकि गर्ने र आफ्नाे संस्कार, संस्कृति, सभ्यता र नेपाली पन भुलेर अनुशासनहिन हुदा समाजमा हिंसा बढेकाे पाईन्छ ।

त्यसैले हरेक बाबू आमाले पहिलाे पाठशालाकाे रुपमा आफ्नाे बच्चालाई घरमा संस्कार र सभ्यता सिकाउन जरुरि देखिन्छ भने बिद्यालयमा दिईने शिक्षा दाेस्राे पाठशाला काे रुपमा व्याख्य गरेका थिए । अशिक्षा र बेराेजगारी नै हिंसाकाे मुख्य तत्व रहेकाे र यस्लाई निर्मुल गर्न तपाईं हामी सबै आ-आफ्नाे ठाउँबाट हातेमालाे गर्दै अगाडि बढ्नु पर्ने बताउँदै । सहयोग सानो ठुलो नहुने बताउदै नेपालले आर्थिक भन्दा पनि भावनात्मक सहयोगले सम्बन्ध बलियो हुन्छ भन्दै आगामि दिनमा आफुले पनि उक्त बिद्यालयका लागि केही सहयाेग गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय सल्लाहकार सुर्यहरी मराठ्ठाले पनि शिक्षालाई व्यापारकाे रुपमा हैन व्यवहारमा लागू हुने तरिकाले अङ्गालेर अघि बढेमा समाज शिक्षित हुने थियाे र हिंसा पनि कम हुने बताउदै । नीति बिचार नियत स्वच्छ भएकाे कारण हरेक व्याक्तिले समाजमा लाेकप्रियता प्राप्त गरेकाे हुन्छ । त्यसकाे उदाहरण तपाईं हामी बन्न आबाश्य बताउदै स्वंयम आफू पनि महिला तथा बालबालिका र लैङ्गीक हिंसा विरुद्ध निरन्तर खटिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

साेहि कार्यक्रममा बाेल्दै कपिलबस्तु सह-संयाेजक देबकला सुबेदीले पनि बालबालिका तथा लैङ्गीक हिंसा विरुद्ध हाम्राे अभियान नितान्त अप्ठेराेमा परेका हरुलाइ सहयाेग गर्ने संस्थाकाे रुपमा व्याख्य गर्दै । हामीले आफ्ना छाेरीहरुलाइ हामी आमा बाट नै कमजाेर बनाएका छाै छाेरिकाे लागि लागू हुने त्याे घरकाे नियम छाेरालाई लागू किन लागु हुदैन त्यसैले यस्ताे कुप्रथालाई परिवर्तन गर्न जरुरि छ । संस्कार छाेरीलाई हैन छाेरालाई दिनु पर्छ ।

संस्कार नभएका छाेराहरु बाट नै महिला बृद्धा र बालिका बलात्कृत हुनु परेकाे बताउँछिन ।

त्यस्तै अर्का वक्ता साेहि बिद्यालयका प्रध्यापक भेषराज खड्काले पनि मेचिमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले प्रदेशकै तुलनामा आफ्नो बिद्यालय छनोट गरेकोमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै आफ्नाे बिद्यालयकाे आयस्राेत नभएकाे हुँदा शिक्षहरुलाइ तलब खुवाउन समेत बिध्यार्थीकै घरबाटै उठाउनु पर्ने हुन्छ । मेचिमहाकालीले गरेकाे काम हामी हाम्रै गाउँ ठाउँबाट पनि गर्नु पर्छ बिध्यालकाे कच्चि भबनलाई अलिकति रकम परेकाे छ तर ठाउँ दुगर्म छ व्यबस्थित बाटाे घाटाे छैन त्यसकारण ठेक्कदार पनि कसैले लिन नमानेकाे कारण बजेट नै फ्रिज जाने हाे कि भन्ने समेत डर भएकाे उनले बताए ।

गाउँपलिकाले दिएकाे ल्याब सञ्चालन गर्न समेत सकिरहेका छैनाै याेग्य शिक्षाकका लागि तलब धेरै दिनु पर्याे तलब धेरै दिन बिद्यालयकाे आयस्राेत छैन । नेता जनप्रतिनिध हरु आउँछन अबलाेकन गर्छन उनिहरुबाट सान्तवना दिने काम बाहेक अरु केही नभएन बताउँदै। मेचीमहाकाली बुहारी संयुक्त आवाजले गरेकाे याे काम अति नै सरहानिय र उदाहरणिय रहेकाे बताएका छन ।लुम्बिनी प्रदेश संयाेजक लता खड्का द्धारा श्री नारायण राधा खड्का मेची महाकाली संयुक्त आवाज लुम्बिनी प्रदेश नामक रु. एक लाखको अक्षय कोषको समेत स्थापना ।

संयोजक खड्काले बिद्यार्थीलाई ज्ञानकाे भण्डारकाे रुपमा शैक्षिक सामग्री प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्दै भावुक मुद्रामा “कुनै पनि बालबालिका शिक्षाको पहुंचबाट बञ्चित हुन नपरोस् र शिक्षामा प्रेरित गर्ने उद्देश्यका साथ आफना बुवा आमाको नाममा उक्त बिद्यालयमा अक्षय कोषको समेत स्थापना गरेकाे बताउनुभयाे “। बिगतमा आफुले भाेगेका भागाई र घण्टाै घण्टाकाे बाटाे हिडेर बिद्यालय पुग्नु पर्ने त्याे अबस्थालाइ कल्पना गर्दै बिद्यालयलाई सहयाेग गरेकाे उनले बताउँदै आफ्नाे छाेरा छाेरीकाे भबिष्य उज्जल बनाउनकाे लागि हिंसा रहित समाजकाे निर्माण गर्नु पर्छ ।

त्यसका लागि तपाईं हामी आजैबाट राम्राे र सभ्य समाज निर्माणमा लगाैँ । याे हाम्रा अभियान एउटा बुहारीकाे मात्र नभई समग्र नेपाली महिला र आवाज बिहिनहरुकाे आवाज बनेकाे छ । आज मेचीमहाकालीले चलाएकाे अभियान हामी हाम्रै गाउँ ठाउँबाट पनि सुरुवात गर्न आबाश्यक रहेकाे बताउँदै आगामी दिनमा पनि उक्त बिद्यालयलाई सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्