गीतकार रत्नशम्शेर थापाको निधन – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

गीतकार रत्नशम्शेर थापाको निधन

    मा प्रकाशित

कनिका डेस्क
जेठ १५, दाङ ।

गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार साढे ११ बजे निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि हिजो अस्पताल भर्ना गरिएको थापाका साडु भाई शिव आचार्यले वताएका छन ।

केही समयअगाडि कुकुर डोर्‍याउने क्रममा थापा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अपरेसन गरिएको थियो ।

थापाका छोरा रुपेन्द्र समशेरका अनुसार उनलाई नर्भिकको आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । यसको नतिजा नआइन्जेल उनको शव अस्पतालमै राखिने रुपेन्द्रले बताए ।

थापाद्वारा रचित ‘जाग लम्क चम्क हे।।।’, ‘ठट्टैमा यो वैंस जान लाग्यो।।।’, ‘घुम्तीमा नआउ है।।।, ‘उकारी ओरालो गर्दै।।।’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । नारायण गोपालले गाएका सुरुवाती गीतहरु उनले नै लेखेका थिए । थापाका श्रीमती र २ छोरा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्