प्रदेश र स्थानीय तहले १ खर्ब ४५ अर्ब २२ करोड वित्तीय समानीकरण अनुदान पाउने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

प्रदेश र स्थानीय तहले १ खर्ब ४५ अर्ब २२ करोड वित्तीय समानीकरण अनुदान पाउने

    मा प्रकाशित

कनिका संवादाता
जेठ १५, दाङ ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा यो रकम उपलब्ध गराइएको मन्त्री खतिवडाले जानकारी दिए । यो रकम तल्लो सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा समेत खर्च गर्न सक्छन् । अर्थमन्त्री खतिवडाका अनुसार आगामी आर्थिक वर्षमा सशर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउने छन् । यो रकम भने केन्द्रबाट सञ्चालित कार्यक्रम, कर्मचारीको तलब तथा तोकिएको आयोजना÷कार्यक्रममा मात्र खर्च हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्