बस र माेटरसाइल ठाेक्किर एककाे मृत्यु, एक जना गम्भीर घाइते – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बस र माेटरसाइल ठाेक्किर एककाे मृत्यु, एक जना गम्भीर घाइते

    मा प्रकाशित

शिवु खनाल

देउखुरी, २४ फागुन ।

बस र माेटरसाइकल एक आपसमा ठाेक्दिदा दाङमा एकजना युवककाे मृत्यु भएको छ भने अर्का एकजना युवक गम्भीर घाइते भएका छन् ।

आइतवार राति दस बजे पश्चिमबाट पूर्वतर्फ जादै गरेकाे ना ४ ख ९०१६ नम्बरको बसले अनटेष्ट बुलेट माेटरसाईकललाई एक आपसमा ठाेक्किदा माेटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापाकाे मृत्यु भएको छ भने ३० वर्षिय तिलक थापा गम्भीर घाइते भएकाे वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको मुख, हात र खुट्टामा गम्भीर चाेट लागेको छ । घाइतेलाई लमही अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको छ । मृतकको शव पाेस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्