कोरोना पुष्टि दर थ्रि डिजिट र सङ्क्रमित सङ्ख्या फोर डिजिटमा, आज १७१ थपिए – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना पुष्टि दर थ्रि डिजिट र सङ्क्रमित सङ्ख्या फोर डिजिटमा, आज १७१ थपिए

    मा प्रकाशित

कनिका डेस्क
जेठ १५, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार १ सय ९८ पुगेको छ । नेपालमा एकैदिन आज बिहीबार एकैदिन मात्र १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सङ्ख्यासँगै कोरोना पुष्टि दर थ्रि डिजिट र सङ्बmमितको सङ्ख्या फोर डिजिटमा पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार झापामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रौतहटका २० जनामा संक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो । महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तिन जनाको पुष्टि भएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना संक्रमित थपिएका छन् । कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् । पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी सदरमुका बेनीमा मालिका गाउँपालिकाका ३० वर्षीय एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ५ जनाको कोरोनाले मृत्यु भएको छ भने १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार भारतबाट आउँदै गरेका एक युवकको मृत्यु भए पनि अझै पुष्टि भएको छैन । यो पुष्टि भएमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्