अभियुक्तको काराबास – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अभियुक्तको काराबास

    मा प्रकाशित

जब कारागारबाट फोन आयो ,
सर कता हुनुहुन्छ?
मैले उत्तर दिएँ ,
म कार्यकक्षमा छु ,
हाम्रो रिपोर्ट के आयो?
प्रत्तिउत्तर आयो ,
विशेष कुराकानी गर्नुथ्यो !
म झसङ्ग भए,
मुटु ढुक्क फुलियो ,
र तनाब बढ्यो !
अनि भनियो,
सर,
पुर्पक्षका लागि थुनुवामा जानुपर्ने भो !
अनि सोधे ,
म मात्र कि अरु सहयोद्धाहरु पनि ?
जबाफ आयो ूतपाईं मात्र ,
अरु त निर्दोष ठहरिएू !

म अक्क न बक्क परेँ ,
प्रहरीले घेराभित्र हाले,
साइरन कराउन थाल्यो,
छर(छिमेकिका आँखाबाट बाछिटा पर्न थाले,
अनि नकाबधारीले कारागार ल्याए ,
म झन,
चैत बैशाखको प्रचण्ड गर्मीझै,
कठोर बन्दै गए र सोचेँ,
अब मेरा सबुत बुझाउँछु ,
उच्च मनोबल गराउँछु,
अनि यो लडाइ दृढ सङ्कल्पका साथ जित्छु !
जब यिनीहरुले सजाय दिदै गए,
म भने यिनको जालझेलको प्रतिरोध
गरिरहे,
र थुनुवाको चौथो दिन सबुत दिए,
छैटौं दिनमा सबुत इजलासमा पुग्यो ,
अधिवक्ताहरुले तर्क वितर्क गर्न थाले,
न्यायाधीशहरू गम्भीर भएर सुनिरहे,
वादिले बेलुका फोन गरेर भने ,ूबधाई छ ,
फैसला तपाईंको पक्षमा भयो ,
भोलि रिहा गरिनेछू !
बन्द कोठा,एकान्तबास,मनोवैज्ञानिक त्रास ,
म भने आफन्तलाई खुशी साट्ने कोसिस गरिरहे ,
रिहाइको पर्खाइमा बसिरहे,
यसलाई जीवन र जगत बुझ्ने अवसर लिए !!
भोलिपल्ट,
रिहाइको खुशीमा रहेको मान्छे ,
ममाथि आक्रमण भैरहयो ,
अनि भनियो सबुत फेरि पेस गर,
म रोइरहे ,
कराइरहे तर मेरो चित्कार कसैले सुनेन,
अनि विवश भए फेरि सबुत पेस गर्न !!!
सुन्दैछु ,
इजलासमा बहस चल्दै छ अरे,
प्रमाण बोल्दै छ अरे,
अनि भन्दै छ अरे ,
तनाब नदेऊ,

उनी अन्यायमा छ्न ,
न्याय देऊ ,
तुरुन्त बिनासर्त रिहाइ गरिदेऊ !!!
रिहाइ गरिदेऊ !!!

***ओब बहादुर डाँगी (ओविकिरण)***
             तुलसीपुर– १८, दाङ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्