साथीहरुले नै मन्दिपको हत्या गरेको प्रहरीको निश्कर्ष – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

साथीहरुले नै मन्दिपको हत्या गरेको प्रहरीको निश्कर्ष

    मा प्रकाशित

शरद रेग्मी
जेठ १७, दाङ ।
मन्दिप भुजको हत्या उनकै ४ जना साथीहरु मिलेर गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले निश्कर्षमा निकालेको छ । प्रहरी स्रोतका अनुसार भुजको हत्यामा तुलसीपुर उपमहानगरपालिका–१८ निवासी ओमबहादुर सार्की (नङकट्टी) तुलसीपुर–६कपडादेवी निबासी सौरभ पोख्रेल, तुलसीपुर–५ निवासी अजय बुढाथोकी (असे) र आशिष नेपाली (घ्वापे) रहेका छन् ।
‘हामी लगभग यिनै ४ जनाले हत्या गरेका हुन् भन्ने निश्कर्षमा पुगेका छौ,’ प्रहरी स्रोतले भन्यो–‘अझै केही प्रमाणहरु भेटिन्छन् कि भन्नेमा छौ। यसको विस्तृत कुरा आयो भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका छौ ।’
आरोपितहरुले शुक्रबार राति करिब ११ बजेदेखि १२ बजेको बिचमा ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको स्रोतले बतायो । घटना स्थलबाट हत्या गर्न प्रयोग गरेको ढुङ्गा समेत प्रहरीले बरामद गरेको छ । हत्या गरेर लुकाएको ढुङ्गा प्रहरीलाई सिकाउन आरोपी सौरभ नै गएका थिए ।
मृतक भुज र आरोपीहरु पश्चिम तर्फको अटोभिलेजदेखि उत्तरतर्फ रहेको एक होटेलमा राति ८ बजेदेखिसँगै बसेर मादक पदार्थ सेवन गरेको खुल्न आएको छ ।
अटोभिलेजमा विगत २ वर्षदेखि रेडिवाटर बनाउने काम गर्दै आएका भुजलाई तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाए लगत्तै एक घण्टामै ११ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले ४ जनाले हत्या गरेको निश्कर्षमा पुगेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्