काङ्ग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १८, दाङ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधनको बाटो खुलेको छ । लिम्पियाधुरासम्मको भूभाग समेटिएको नक्साअनुसार देशको निसान छापमा परिमार्जन गर्न सरकारले दर्ता गराएको प्रस्ताव पारित हुने पक्का भएको छ ।

हिजो शनिबार बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावलाई समर्थन गर्ने निर्णय भएको हो । बैठकले कोरोना विरुद्धको संघर्षमा तयारीका लागि पर्याप्त समय पाएर पनि ब्यवस्थित तयारी गर्न सरकार अकर्मण्य भएको परिणाममा कोरोनाका संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै पिसिआर विधिबाट गरिने परीक्षणलाई व्यापक बढाउन माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आयोजना गरेर संशोधनमा साथ दिन आग्रह गर्दा काँग्रेसेले आफ्नो पार्टीको बैठक सम्मको निम्ति समय माग गरेको थियो । सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्नुहुनेछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्