कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु भएको छ । कोरोना भाइरस सम्बन्धि तथ्याङ्क अपडेट गराइरहेको वल्डमिटरर्सका अनुसार १६ करोड ३९ लाख ८ हजार मानिसमा कोरोना सङ्क्रमण भएको छ ।

 

सङ्क्रमित भएका मध्ये १३ करोड ८१ लाख ९० हजार मानिसहरु उपचार पछि स्वस्थ भैसकेका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ५ लाख ९६ हजार मानिसको मृत्यु भएको छ भने भारतमा २ लाख ५४ हजार मानिसको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ४ लाख २५ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

 

फ्रान्समा १ लाख ६ हजार मानिसको मृत्यु भएको छ । रसियामा कोरोनाका कारण हाल सम्म १ लाख १४ हजारको मृत्यु भएको छ । बेलायतमा भने १ लाख २७ हजार मानिसको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्