आज दाङमा थप १० जनाको मृत्यु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आज दाङमा थप १० जनाको मृत्यु

    मा प्रकाशित

जेठ ३, दाङ ।

दाङका वितेको २४ घण्टामा १० जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा दंगीशरणका एक वडा अध्यक्ष, एक प्रध्यानाध्यापक सहित अन्य ८ जनाको मृत्यु भएको छ ।

यस्तै घोराहीका ३ जना, लमहीका एक जना र राप्तिका १ जनाको मत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नंम्वर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ बर्षको उमेरमा आज मृत्यु भएको गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज मध्यान्न १२ बजेतिर मत्यु भएको हो । यस्तै तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ का वडा सदस्य केशरलाल चौधरीको गएराती ११ बजे ४४ वर्षको उमेरमा मृत्यु भएको छ । लामो समय देखि जण्डीस रोगबाट ग्रसित चौधरीको उपचारको क्रममा मृत्यु भएको कार्यबाहक वडा अध्यक्ष बिनोद पाण्डेले जानकारी दिनुभयो ।

 

उता देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा रहेको नवप्रतिभा आधारभुत विद्यालयका ५५ वर्षिय प्रध्यानाध्यापकको मृत्यु भएको छ । राप्ती गाउँपालिका १ निवासी प्रध्यानाध्यापक मानबहादुर कुमालको उपचारका क्रममा गएराति ११ बजे पाल्पामा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

यस्तै आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घोराही १० का ६१ वर्षिय पुरुष, वडा नंम्वर १४ का ७२ वर्षिय महिला, तुलसीपुर १४ का ५४ वर्षिय पुरुष र लमही ५ का ५५ वर्षिय पुरुषको आज मृत्यु भएको छ । यस्तै कोरोना विशेष अस्पलात बेलझुण्डीमा उपचार गराई रहेका घोराही १० का ६० वर्षिय महिला, तुलसीपुर ६ का ८४ वर्षिय महिला र तुलसीपुर १८ का ५५ वर्षिय पुरुषको कोरोनाकै कारण आज मृत्यु भएको हो । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण १ सय २५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्