भारतीय भेरियन्ट लेखिएका पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन निर्देशन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

भारतीय भेरियन्ट लेखिएका पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन निर्देशन

    मा प्रकाशित

एजेन्सी ।
भारत सरकारले कोरोनाको भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

 

भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको द्य.१.६१७ भेरियन्टलाई भारतीय भेरियन्ट नभनेकोले यसलाई भारतीय भेरियन्ट भन्न नमिल्ने तर्क गर्दै यस्ता पोस्टहरु हटाउन निर्देशन दिएको हो ।कोरोना भाइरसको भेरियन्टलाई सबैभन्दा पहिले कहाँ भेटियो त्यसको आधारमा भेरियन्टको नाम दिने गरिन्छ । जस्तो कि ब्रिटानी भेरियन्ट र ब्राजिलमा देखिएको भाइरसको भेरियन्टलाई पनि स्थानीय नाम दिइएको थियो ।

 

पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन भनेको थियो ।समाचार एजेन्सी पीटीआईका अनुसार आदेशमा भनिएको छ कि कम्पनीहरुले आफ्नो प्लेटफार्मबाट ती सबै कन्टेन्टलाई तुरुन्त हटाऊन्, जहाँ कोरोना भाइरसको भारतीय भेरियन्टको नाम प्रयोग गरिएको छ वा भारतीय भेरियन्टतर्फ इसारा गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्