प्यूठानमा घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु – Kanika Khabar
Monday, July 14Nepali News Portal

प्यूठानमा घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु

    मा प्रकाशित

९ जेठ,प्यूठान ।

प्यूठानमा घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । नौबहिनी गाऊँपालिका वडा नं. १ स्याउलिवाङमा गएराति घर भत्किँदा तीन जनाको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ४० वर्षिय बोमबहादुर मल्ल, उनको श्रीमति ३३ वर्षिय गमि र ३ वर्षिय छोरा शिशिरकाे मृत्यु भएको प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

घर मर्मतको काम भैरहेको थियो । खरको छाना हटाएर टिन लगाउन तयार पारिएको घर राति एक्कासी भत्किएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्