नेकपाका २० नेताले बुझाए अध्यक्ष ओली र प्रचण्डलाई पत्र – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाका २० नेताले बुझाए अध्यक्ष ओली र प्रचण्डलाई पत्र

    मा प्रकाशित

कनिका डेस्क

बैशाख १० दाङ ।

 

विश्व एकातिर कोभिड १९को महामारीबाट आक्रान्त भइरहेको बेला अर्कोतिर नेपाली राजनीतिक वृत्तमा पनि पृथक हलचल पैदा भइरहेको छ । यतिबेला विशेष गरेर नेपाली राजनीतिमा थुप्रै धारहरुको गठबन्धनका प्रयासहरु जारी भइरहेका छन् । गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपतिबाट आएको अध्यादेशले राजननीतिक वृत्तमा ठूलै भूकम्पीय कम्पन ल्याएको थियो । कम्पनको असर बाँकी रहँदा नै बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० स्थायी समिति सदस्यहरुले तत्काल स्थायी समितिको बैठक बोलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

बुधबार अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल जनार्दन शर्मा, टोपबहादुरर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल पम्फा भुषाल, बेदराम भुषाल, भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, रघु पन्त, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले बैठक बोलाउन माग गरेका हुन् । बैठक माग गर्नेमा ९ जना पूर्वएमाले र ११ जना पूर्वमाओवादी पूष्ठभूमिका नेताहरु रहेका छन् ।

यस्तै पार्टी भित्र र बाहिर समेत कुनै छलफल नगरी हठात् रुपमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको विषयमा २० नेताले आपत्ति जनाएका छन् । यस कदमले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेवारीबाट ध्यान अनावश्यक विषयमा मोडिनसक्ने देखिएको उनीहरुको तर्क अध्यक्षद्वय ओली र प्रचण्डलाई लेखिएको पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान, २०७५ को धारा ५९ बमोजिम स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दर्छौं । स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छौं’, पत्रमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्