कोभिड १९को औषधि विकासका लागि तयार भयो लघुश्वास नलिका – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोभिड १९को औषधि विकासका लागि तयार भयो लघुश्वास नलिका

    मा प्रकाशित

खगेश्वर पौडेल
जेठ २१, दाङ ।

लघुश्वास नलिका जापानी अनुसन्धानकर्ताहरूको एउटा टोलीले मानव कोषको सहायताबाट फोक्सोमा हावा पठाउन प्रयोगहुने साना श्वास नलिका (ब्रोंची)को विकास गर्न सफल भएका छन् । जसले कोरेनाभाइरसको अध्ययन गर्न र कोभिड १९ को लागी औषधी विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

क्योटो विश्वविद्यालयको आईपीएस सेल रिशर्च एण्ड एप्लिकेशन, सिरा र अन्य संस्थाहरूको अनुसन्धानकर्ताहरूले बजारमा उपलब्ध क्रायोप्रिजर्भ मानव ब्रोन्कियल इपिथेलियल कोशिकाबाट ०.२ मिलिमिटरको व्यासको ब्रोन्कियल र्गानोइड निर्माण गरेका र यो र्गानोइडको कल्चर गर्न करीव १० लाग्ने बताएका छन्।

त्यसपछि उनीहरूले निमोनियाको संक्रमण गराउने भाइरसद्वारा अर्गानोइडहरूलाई संक्रमित गरे र क्यामोस्ट्याट भन्ने औषधि (अक्सर पेन्क्रियाटाइटिसको उपचारको लागि प्रयोग हुने) गरिएको थियो। जसले यो अर्गानोइडमा भएको भाइरल असर कम गर्न प्रभावकारी भएको जनाइएको छ ।

एन्टिभाइरल ड्रग्स प्रभावकारिताको मूल्याकंन गर्न यो सानो अंगले एकल कोशिकाको भन्दा उत्तम मोडेलको रूपमा काम गर्ने विश्वास लिइएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्