मुख्यमन्त्री भट्टले मागे विश्वासको मत – Kanika Khabar
Saturday, May 4Nepali News Portal

मुख्यमन्त्री भट्टले मागे विश्वासको मत

    मा प्रकाशित

जेठ २५, दाङ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत मागेका छन् । अहिले चलिरहेको प्रदेश सभाको बैठक चलिरहेको छ । बैठकमा उनले विश्वासको मत मागेका हुन् । उनलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएको छ ।

​नेपाली कांग्रेसले पनि मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने बताएको छ । जसपाले भने के गर्ने निर्णय गरिसकेको छैन । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदले भने मुख्यमन्त्रीको विपक्षमा मत दिने बताएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् । यस्तै माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्