सभामुखले डाके सर्वदलीय बैठक, प्रधानमन्त्रीलाई पनि निमन्त्रणा – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सभामुखले डाके सर्वदलीय बैठक, प्रधानमन्त्रीलाई पनि निमन्त्रणा

    मा प्रकाशित

जेठ २८, दाङ ।
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक डाकेका छन् । सभामुख सापकोटाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने गरी आज शुक्रबार दिउँसो २ बजेलाई बैठक डाकेका हुन् । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग पछिल्लो राजनीतिक अवस्था र राजनीतिक तरलताका बारेमा छलफल गर्न लागेका हुन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाएका छन् । प्रतिनिधि सभा दोस्रो पटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलो पटक प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री र सबै दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका हुन् ।

प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उनले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ । यसअघि उनले पूर्वसभामुखहरुसँग छलफल गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्