संक्रमितलाई आत्मवलः दैनिक पौष्टिक आहार – Kanika Khabar
Saturday, April 27Nepali News Portal

संक्रमितलाई आत्मवलः दैनिक पौष्टिक आहार

    मा प्रकाशित

लिलाधर वली

दाङ,२९ जेठ ।

टेस्टड ओके !…..जव चिकित्सकहरु स्वयमले कोरोनाका संक्रमितहरुलाई दैनिक यो आहार दिन सकिन्छ भनेर यी युवाहरुको प्रस्ताव स्वीकार गरे, त्यसपछि घोराहीका युवाहरुले स्वस्फुर्त रुपमा विगत एक महिनादेखि सन्चालन गरेको कोराना संक्रमितहरुकालागी पौष्टिक आहार कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ ।

कोरोना भाइरसको संक्रमण व्यापक बनिरहेको समयमा अस्पतालका वेड मात्र होइन, वरण्डामा पनि विरामी वेयटिङमा थिए । त्यसवेला अस्पताल भर्ना भएका विरामीहरुलाइ पौष्टिक आहारको व्यवस्थापन भन्दा पनि अक्सिजन र सिटामोलको जोहो गर्नै अस्पताल व्यवस्थापनलाइ हम्मे हम्मे परेको थियो ।

त्यहिवेला विरामीहरुको आत्मवल बढाउन र रोग प्रतिरोधात्मक क्षमता बृद्धिगर्नकालागी घोराहीका युवाहरुले एउटा चौकमा बसेर योजना बुने अस्पतालमा भर्ना भएका विरामीलाइ वेडमै पौष्टिक आहारको जोहो गर्ने । अस्पताल व्यवस्थापनमा प्रस्ताव राखे, अनि स्वीकृत भयो योजना । थालियो अभियान…… विरामीकालागी अण्डा, चना र प्रसोधित पिउने पानी उपलव्ध गराउने ।

लकडाउनका कारण विगत डेढ महिनादेखि जिल्लाको अवस्था सुनसान छ । कोरोना भाइरसको दोश्रो लहर सुरुभएसँगै गरिएको लकडाउन पछिल्लो समय संक्रमण दर कम भएपछि अहिले केही खुकुलो बनाउने प्रयास गरिएको छ । जसका कारण आजभोली विहान दश बजेसम्म बजार खुल्ने गरेको छ । तर पूर्ण रुपमा बजार भने अझै खुल्न सकेको छैन । तर सुरुको अवस्था भयाभह थियो । लकडाउनका कारण देशको समगं्र आर्थिक अवस्थासँगै नागरिकको दैनिक जीवनस्तर समेत कमजोर बन्दै गएको थियो ।

अर्काेतिर जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गैरहेको थियो । त्यो अवस्थामा मानिसहरु घरबाहिर निस्कन डराउने अवस्था थियो । कोरोना संक्रमित बिरामीहरुको हेरचाह त परैको कुरा होस, नजिक जान समेत डराउने अवस्था थियो । जसले गर्दा कोरोना भाइरसको संक्रमणमा परेका व्यक्तिहरु समस्यामा पर्ने गरेका थिए ।

अस्पतालमा विरामीको चाप हुँदा खानाको समेत समस्या हुने गरेको थियो । त्यही अवस्थामा कोरोना संक्रमित बिरामीहरुका लागि केही मनकारी युवाहरुले सामाजिक भूमिका निर्वाह गर्दै सहयोगी हात अघि बढाएका थिए, जुन अभियान अहिले पनि निरन्तर रुपमा चलिरहेको ‘कोरोना विरामीका लागि पौष्टिक आहारा अभियान’ ।

कोरोना महामारीका कारण घरबाहिर समेत निस्कन डराउने समयमा १७ जना युवाहरु मिलेर घोराहीबाट अभियान सुरु गरिएको कोरोना बिरामीका लागि पौष्टिक आहार अभियानका आर्थिक संयोजक कुलराज पोख्रेलले बताए । १७ जना युवाहरुबाट सुरु भएको अभियानमा पछिल्लो समय देश तथा विदेशमा रहेका सयौ मनकारी व्यक्तिहरु अभियानमा जोडिएर अभियानलाई सहयोग पु¥याइरहेको उनले बताए ।

‘चिया पिउनेवेला हामीले अस्पतालभित्रको वातावरण परीकल्पना गथ्र्यौ, सायद हामीहरुले संक्रमित विरामीलाइ कम्तिमा दैनिक रुपमा विहान पोषिलो नास्ता उपलव्ध गराउन सक्यौं भने विरामीलाइ निको हुन सहज हुने छ, सवै साथिहरुको एक मत भएपछि हामीहरुले अभियान थालिहाल्यौं’—अभियानका संयोजक कुलराज पोख्रेलले भने ।

सुरुमा १७ जना युवाहरुले व्यक्तिगत रुपमा पाँच सयदेखि २ हजाससम्म पैसा उठाएर अभियानमा जुटेको आर्थिक संयोजक पोख्रेलले बताए । अहिले करिव एक सय बढी युवाहरु अभियानमा जोडिएका छन् । उनले कोरोना भाइरसका कारण समस्यामा परेका विरामीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने गरि अभियान सुरु गरेको समेत उनको अभिव्यक्ति थियो ।

कोरोना विरामीका लागि सञ्चालित अभियान ३२ दिनदेखि निरन्तर रुपमा चल्दै आएको अभियानका सहसंयोजक पूर्ण कार्कीले बताए । यसक्रममा सयौ संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने काम आफुहरुले गरेको उनले बताए । ‘केही युवाहरुबाट अभियान सुरु गरेका थियौ,हाम्रो काम राम्रो मान्दै धेरै युवाहरु अभियान जोडिनुभयो’–उनले भने–‘जसले गर्दा अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्न हामीलाई समेत सहयोग मिल्यो ।’उनका अनुसार अभियानका क्रममा पौष्टिक आहार खोज्ने,पकाउनेदेखि दैनिक एक सय जनासम्मलाई पु¥याउने काम समेत आफु मिलेर गर्दै आएको बताए ।

महामारीको समयमा संक्रमितहरुको लागि विभिन्न अभियानहरु चलिरहेका थिए । तर ती अभियानभन्दा केही फरक गरौ र बास्तीवक विरामीहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको आर्थिक संयोजक पोख्रेलको भनाई छ । त्यसका लागि आफुहरुले डक्टरको सल्लाह अनुसार विरामीका लािग अण्डा, चना र पानीको व्यवस्था गरेको समेत बताए ।

‘महामारीको समयमा संक्रमितहरुलाई जो त्यो मान्छेले छुन समेत डराउने अवस्था थियो, त्यो अवस्थामा हस्पिटलमा भर्ना भएका व्यक्तिलाई खाना समस्या थियो’–उनले भने–‘त्यही समस्या समाधानक लागि हामीहरुले अभियान सुरु गरेका हौ ।’ उनका अनुसार अभियान सुरु भएपछि देश तथा विदेशमा रहेका सयौ मनकारी व्यक्तिहरु अभियानमा जोडिएर सहयोग गरेको बताए ।

कोरोना विरामीका लागि पौष्टिक आहार अभियान अन्तर्गत निरन्तर रुपमा आफुहरुले कोरोना विशेष अस्पताल बेलझुण्डी र देउखुरी कोरोना आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुलाई चना र अण्डा उपलव्ध गराउँदै आएको अभियानका प्राविधिक सहसंयोजक मनोज डिसीले बताए । ‘अप्ठेरो समयमा कोरोना संक्रमित विरामीका लागि पौष्टिक आहार उपलव्ध गराउने अभियान सुरु गरेका थियौ’–सहसंयोजक डिसीले भने–‘पहिलेको तुलनामा अहिले संक्रमित घटेका छन्,तरपनि हामीले अभियानलाई निरन्तरता दिइरहेका छौ ।’

उनका अनुसार अभियानका क्रममा सुरुका दिनहरुमा बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल र लमहीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टरसँगै होमआइसोलेसनमा बसेका व्यक्तिहरुलाई पौष्टिक आहारका रुपमा चना, अण्डा र मिनिरल वाटर पानी उपलव्ध गराउने गरेपनि पछिल्लो समय होमआइसोलेसनमा बसेका व्यक्तिहरुलाई छोडिएको बताए । अभियानका क्रममा दैनिक दशदेखि १२ हजारसम्म खर्च आउने गरेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्