दुई बालबालिकालाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ – Kanika Khabar
Saturday, May 11Nepali News Portal

दुई बालबालिकालाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ

    मा प्रकाशित

जेठ ३१, दाङ ।
दुई बालबालिकालाई बलात्कार गरेको आरोपमा दाङ तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ती युवकले गएको बैशाख २७ गते ९ बर्षका बालकलाई अप्राकृतिक मैथुन र २८ गते ७ बर्षकी बालीकालाई बलात्कार गरेको आरोपमा करिब १६ बर्षका युवक पक्राउ परेका हुन् ।

ती युवकले घर नजिकै रहेको खेतमा लगेर बलात्कार गरको आरोप छ । १६ बर्षका युवक बालक पर्ने भएकाले उनको नाम र ठेगाना गोप्य राखिएको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले अनुसन्धानका लागि आरोपी युवकलाई नियन्त्रणमा लिएको बताउनु भएको छ । ‘कसैले मौखिक आधारमा हामीलाई खबर गरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौ,’ डिएसपी सिंहले भन्नुभयो –‘ पिडितलाई आज बोलाएका छौ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्