दाङमा बाबुलाई कुटपिट गर्ने छोरा पक्राउ – Kanika Khabar
Sunday, July 20Nepali News Portal

दाङमा बाबुलाई कुटपिट गर्ने छोरा पक्राउ

    मा प्रकाशित

दाङ, ३१ जेठ ।
दाङमा आफ्नै छोराबाट बाबु निर्घात कुटिएका छन् । लमही नगरपालिका १ नर्ति बस्ने ५५ वर्षीय बासुदेब चौधरी आफ्नै छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका हुन् ।

आइतबार घरायसी विवादको कारण आफ्नै छोरा २५ वर्षीय ओम प्रकाश चौधरीले दाउरा प्रहार गर्दा बासुदेब गम्भीर घाइते भएको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ओम प्रकाशलाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारको लागि स्थानीय सुसिल पोलिक्लिनिक नर्तिमा पठाइएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्