अखिलको राहत र उद्धार टोली मेलम्ची प्रस्थान – Kanika Khabar
Friday, May 10Nepali News Portal

अखिलको राहत र उद्धार टोली मेलम्ची प्रस्थान

    मा प्रकाशित

काठमाडौँ, असार २   ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाइ गर्नुभएको हो ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् ।

राहत तथा उद्धार टोलीले पीडितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजारमा डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् । महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पु¥याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्