कनिका डेस्क
जेठ २२, दाङ ।
मन्त्रिपरिषदको आज वसेको बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।
लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय समितिलँई जिम्मा दिने निर्णय गरेको हो ।समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने छ ।
पछिल्लो चरणमा लम्बिदो लकडाउनको विपक्षमा जनमत वढिरहदा तथा व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।
सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्याइसकेको छ ।